शूल्क तिर्न नसकेर विद्यार्थी मर्नुपर्ने स्थितिको अन्त्य हुन जरुरी छ: मन्त्री बस्नेत काठमाडौं, २ जेठ। स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले शुल्क तिर्न नसकेर विद्यार्थीले मर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताएका छन्। मंगलवार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै मन्त्री बस्नेतले क्याम्पसको शुल्क तिर्न नसकेर मर्नुपर्ने बाध्यताको अन्त्य गर्ने कुरामा सरकार गम्भीर बन्नुपर्ने बताए। शिक्षा समितिले पनि यस बारेमा आवश्यक कदम चाल्नुपर्नेमा उनको जोड थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्