मुकेश कायस्थलाई राष्ट्रिय शहीद घोषणा गर्ने सरकारको निर्णय काठमाडौं, २ जेठ। सरकारले जनआन्दोलनका ज्युँदा शहीद मुकेश कायस्थलाई राष्ट्रिय शहीद घोषणा गर्ने निर्णय गरेको छ। मंगलवारको मन्त्रिपरिषद्को बैठले उक्त निर्णय गरेको प्रवक्ता रेखा शर्माले जानकारी दिइन्। दोस्रो जनआन्दोलनमा घाइते भएका कायस्थको २८ वैशाखमा ३२ वर्षको उमेरमा निधन भएको थियो। २०६२ चैत २७ गतेको आन्दोलनमा मुकेशको कञ्चटमा गोली लागेको थियो। गोली लाग्दा मुकेशको उमेर १४ वर्षको मात्र थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्