डिजेल र मट्टीतेलको मूल्य लिटरमै १० रुपैयाँले घट्यो काठमाडौँ, २ जेठ। नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १०/१० रुपैयाँ घटाएको छ। भारतीय आयल कर्पोरेसन (आईओसी)ले अघिल्लो पटकको मूल्यभन्दा डिजेलमा प्रतिलिटर ८ रुपैयाँ १३ पैसाका दरले घटाएर पठाएपछि निगमले प्रतिलिटर १० रुपैयाँ घटाएको हो। पेट्रोलमा प्रतिलिटर ९ रुपैयाँ ५२ पैसा घटाएर पठाएपनि भारत र नेपालबीचको मूल्यान्तरलाई कारण देखाउँदै निगमले पेट्रोलको मूल्य यथावत राख्ने निर्णय गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्