सुनको मूल्य ११ सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं, ३ जेठ। बुधबार सुनको मूल्य तोलामा ११ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको लागि सुनको मुल्य प्रतितोला एक लाख १० हजार रुपैयाँ निर्धारण गरिएको छ। मंगलबार सुनको मुल्य प्रतितोला एक लाख ११ हजार एक सय रुपैयाँ कायम गरिएको थियो। यसैगरि चाँदीको मुल्य प्रतितोला १ हजार ३७० रुपैयाँ तय गरिएको महासंघले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्