सरकारले घटायो सार्वजनिक यातायातको भाडादर काठमाडौं, ३ जेठ। सरकारले लामो दुरीमा चल्ने सार्वजनिक यातायातको भाडादर घटाएको छ। मंगलबार डजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १० रुपैयाँले घटेसँगै यातायात व्यवस्था विभागले यात्रुबाहक र मालबाहक गाडीको भाडादर घटाएको हो। घटेको भाडादर आजदेखि लागू भएको छ। जसअनुसार यात्रुबाहक सवारी साधनमा ३.२० प्रतिशतले, पहाडी बाटोमा चल्ने मालबाहक गाडीमा ४.१९ प्रतिशतले र तराईमा चल्ने मालबाहक गाडीमा ४.६५ प्रतिशतले भाडा घटेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्