म्यानमारमा गएको मोचा आँधीमा मृत्यु हुनेको संख्या ८१ पुग्यो
काठमाडौं, ३ जेठ। म्यानमारमा आइतबार आएको भीषण चक्रवात मोचाका कारण मृत्यु हुनेको संख्या ८१ पुगेको छ। राज्यको बुमा र समीपको खाउङ डोके कार गाउँमा कम्तीमा ४६ जनाले ज्यान गुमाएका छन्। यस्तै राखिनको राजधानी सित्तवेको उत्तरमा मठ भत्किँदा १३ जनाले ज्यान गुमाएका सरकारी टेलिभिजन एमआरटिभीले जनाएको छ। आँधीका कारण एक सयभन्दा बढी हराइरहेकाले ज्यान गुमाउनेको सङ्ख्या अझै बढ्ने जनाइएको छ।
प्रतिक्रिया दिनुहोस्