विदेश जाने कामदारलाई प्रिपेड सिमकार्ड वितरणका नाममा ठगी, सम्बन्धीत निकायको छैन चासो
काठमाडौं, ३ जेठ।दक्षिण कोरिया जाने नेपाली कामदारहरुलाई अवैध रुपमा प्रिपेड सिमकार्ड वितरणका नाममा ठगी भइरहेको पाइएको छ।कोरिया जाने नेपालीहरुसँग सिमकार्डको लागि प्रतिव्यक्ति ३ हजार रुपैयाँसम्म असुलिरहेको पाइएको हो।यसबाहेक बीमा, फोटोकपी, प्रिन्टिङ्ग लगायतका काममा चर्को शुल्क लिने गरेको ईपीएस कोरिया शाखाले जनाएको छ। यसबारे पाँच महिनादेखि ताकेता गर्दा पनि हालसम्म प्रहरी लगायत सम्बन्धीत निकाय अनुगमको लागि नआएको शाखको गुनासो छ।
प्रतिक्रिया दिनुहोस्