अदालतको फैसला स्वीकार्नुको विकल्प छैन, पुनरावलोकनमा जान्छुः रेशम चौधरी
काठमाडौं, ३ जेठ। टीकापुर घटनामा जन्मकैदको सजाय काटिरहेका रेशम चौधरीले सर्वोच्च अदालतको फैसला स्वीकार गर्नुको विकल्प नभएको बताएका छन्।सर्वोच्चले मंगलबार मात्र रेशमलाई जन्मकैद गर्ने उच्च अदालत, दिपायलको फैसला सदर गरेको थियो। यसबारे आफ्नो धारणा सार्वजनिक गर्दै रेशमले पुनरवालोकनमा जाने बताएका हुन्। कैलालीको टीकापुर हत्याकाण्डका प्रमुख दोषीका रुपमा डिल्लीबजार जेलमा सजाय काटिरहेका उनले आफू रत्तिभर बिचलित नभएको पनि बताएका छन्।
प्रतिक्रिया दिनुहोस्