बालकृष्ण खाणलाई पार्टीले तत्काल निलम्बन गर्नुपर्छ ः गगन थापा
काठमाडौं, ३ जेठ।नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले भुटानी शरणार्थी प्रकरणमा नाम जोडिएका नेता बालकृष्ण खाणलाई पार्टीले तत्काल निलम्बन गर्नुपर्ने बताएका छन्।बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रमा बोल्दै उनले शरणार्थी प्रकरण राष्ट्रविरुद्धको अपराध भएको भन्दै खाणलाई निलम्वन गर्न आवश्यक रहेको बताए। उनले भने,‘एउटा कुनै पदमा जिम्मामा बसेको मान्छे, कतैपनि छ भने अभियोगमा लागेपछि त्यो स्वतः निलम्वनमा पर्छ। परम्परा छैन भने परम्परा तोड्नुपर्छ।’
प्रतिक्रिया दिनुहोस्