नक्कली शरणार्थी मुद्दा कुनै हालतमा ढाकछोप हुनु हुँदैन, दोषीले सजाय पाउनै पर्छ : डा.शेखर कोईराला
काठमाडौं, ३ जेठ।नेपाली काँग्रेसका नेता डा.शेखर कोईरालाले नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टीका नेताहरुको नाम जोडिनुले पार्टीको गरिमामा आँच आएको बताएका छन्। बुधवार काठमाडौंमा आयोजित प्रजातान्त्रिक विचार समाजको राष्ट्रिय महाधिवेशनमा उनले नक्कली भूटानी शरणार्थीको मुद्दा अन्तर्राष्ट्रिय विषय बनेको र यसलाई ढाकछोप गर्नु नहुने बताए। उनले भने,‘यसलाई कुनै ढाकछोप गर्नु हुँदैन,कुनै बहानामा कसैले कुनै किसिमको गलत काम गरेको भए दण्ड हुनैपर्छ।
प्रतिक्रिया दिनुहोस्