सेयर बजारमा उत्साह, कारोबार रकम पनि ८५ करोडभन्दा बढी
काठमाडौं, ३ जेठ। बुधबार सेयर बजार परिसूचक नेप्से वृद्धि भएको छ। नेप्से परिसूचक २३.३९ अंकले बढेर १८४५.०१ विन्दुमा पुगेको छ। यतिमात्र नभइ मंगलबारको तुलनामा आज कारोबार रकम पनि वृद्धि भएको छ। नेप्सेका अनुसार अघिल्लो दिन ६४ करोड बराबरको सेयर किनबेच भएकोमा आज ८५ करोड ७६ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ।
प्रतिक्रिया दिनुहोस्