नक्कली शरणार्थी प्रकरण तथ्य र प्रमाणका आधारमा टुंगोमा पुर्याउँछौं: गृहमन्त्री काठमाडौं, ३ जेठ।गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भूटानी शरणार्थी प्रकरणलाई तथ्य र प्रमाणका आधारमा निष्कर्षमा पुर्याउने बताएका छन्।बुधवार मन्त्रालयमा आयोजित कार्यक्रमा बोल्दै उनले अपराधमा संलग्न जो कोहीलाई कारबाहीको दायरामा ल्याउने बताए। उनले भने,‘हामीले कुनै केस बिना पूर्वाग्रह छानबिन गर्ने,निर्दोष फस्नु नहुने र दोषी उम्किनु हुँदैन भनेर छानबिन गर्न निर्देशन दिइएको छ।अनुसन्धानको प्रक्रियालाई तथ्य र प्रमाणको आधारमा निस्कर्षमा पुर्याउन सरकार प्रतिवद्ध छ।'
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्