नागरिक उन्मुक्ति पार्टीद्वारा आन्दोलनको कार्यक्रम घोषणा, पाँच दिने नेपाल बन्द आह्वान काठमाडौं, ३ जेठ। नागरिक उन्मुक्ति पार्टीले सरकारविरुद्ध जेठ ६ गतेदेखि १० गतेसम्म पाँच दिने नेपालबन्दसहितको आन्दोलन गर्ने घोषणा गरेको छ।पार्टीका संस्थापक रेशमलाल चौंधरीलाई जन्मकैदको सजाय सदर गर्ने सर्वोच्च अदालतको आदेश आएको भोलीपल्ट बुधबार(आज) लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गर्दै आन्दोलनको घोषणा गरेको हो। जसअन्तर्गत आजैबाट ३ दिन देशव्यापी रुपमा राँके जुलुश र कोणसभा आयोजना गर्ने भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्