एकीकृत समाजवादीले आज काठमाडौंमा विरोध प्रदर्शन गर्ने
काठमाडौंं, ४ जेठ। सत्ता साझेदार नेकपा एकीकृत समाजवादी पार्टीले नक्कली शरणार्थी प्रकरणमा संलग्नहरूलाई कडा सजायको माग गर्दै आज काठमाडौंमा विरोध प्रदर्शन गर्ने भएको छ। विरोध कार्यक्रम दिउँसो ३ बजे माइतीघर मण्डलामा सुरु हुनेछ। कार्यक्रमलाई पार्टीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाललगायतले सम्बोधन गर्ने पार्टीको केन्द्रीय मोर्चा संगठन विभागले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्