नीति तथा कार्यक्रममाथि राष्ट्रिय सभामा तीनदिन छलफल हुने
काठमाडौं, ४ जेठ। सरकारले पेस गर्ने नीति तथा कार्यक्रममाथि राष्ट्रिय सभामा तीन दिन छलफल हुने भएको छ।बिहीबार बसेको राष्ट्रिय सभाअन्तर्गतको कार्य व्यवस्था परामर्श समितिको बैठकले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि तीनदिन छलफल गर्ने निर्णय गरेको हो। उक्त बैठकले जेठ ७, ८ र ९ गते छलफल गर्ने र ९ गते नै प्रधानमन्त्री पुष्पकमल दाहालले जवाफ दिने निर्णय गरेको हो।
प्रतिक्रिया दिनुहोस्