भुटानी शरणार्थी प्रकरणमा संलग्न जोकोहीलाई कारबाही हुन्छः प्रधानमन्त्री
काठमाडौं, ४ जेठ।प्रधानमन्त्री पुष्पकमल दाहालले नक्कली शरणार्थी प्रकरणमा दोषी भीआईपी र भीभीआईपी जो भए पनि कारबाही हुने बताएका छन्। बिहीबार बसेको संसद् बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उनले,‘नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाउने विषयमा निष्पक्ष छानबिन हुन्छ। नेपाल प्रहरीको निष्पक्ष र व्यवसायिक अनुसन्धानमा हस्तक्षेप भएको छैन, हुन दिइने छैन। दोषी कोही नउम्कियुन् र निर्दोष कोही नपरुन् भन्नेमा सरकार सचेत छ।’
प्रतिक्रिया दिनुहोस्