रेशम चौधरीको विषय अब छिट्टै टुङ्गोमा पुर्याउँछौं : प्रधानमन्त्री
काठमाडौं,४ जेठ।प्रधानमन्त्री पुष्पकमल दाहालले टिकापुर घटनामा संलग्नको भनिएका रेशमलाल चौधरीको विषय छिट्टै टुंगो लगउने बताएका छन्। बिहीबार प्रतिनिधिसभामा बोल्दै उनले यस्तो बताएका हुन्। उनले भने,‘रेशम चौधरीका विषयमा हामीले यसअगाडि पनि अध्यादेश ल्याएर भए पनि उहाँलाई छुटाउने प्रयास हामीले गरेकै हो। अब यो वियषयलाई कसरी समाधान गर्ने विषयमा हामी निकै गम्भीर छौं।मलाइ विश्वास छ लाग्छ,यो विषयमा हामी छिट्टै टुंगोमा हामी पुग्छौं।’
प्रतिक्रिया दिनुहोस्