विदेश अध्ययन गर्न जाने नाममा ९ महिनामा ६७ अर्ब १९ करोड बाहिरियो : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं,४ जेठ।प्रधानमन्त्री पुष्पकमल दाहालले विदेश अध्ययन गर्ने जाने नाममा नौ महिनामा ६७अर्ब १९करोड रुपैयाँ बाहिरिएको बताए। संसद्को प्रश्न उत्तर कार्यक्रममा उनले आर्थिक वर्ष २०७९÷०८० को नौ महिनामा उक्त रकम बाहिरिएको बताए। उनले भने,‘सरकारी र सार्वजनिक शिक्षालाई सरकारले उच्च प्राथमिकतामा राखेको छ।सबै सरकारी विद्यालयमा गुणस्तर र रोजगारमूलक शिक्षा प्रदान गरी स्वदेशमै रोजगारी दिन नीति परिवर्तन गर्ने योजना बनाइएको बताएका छन्।
प्रतिक्रिया दिनुहोस्