वाणिज्य बैंकका १२ सहायक कम्पनीलाई धितोपत्र बोर्डले दियो ब्रोकर लाइसेन्स काठमाडौं, ४जेठ।नेपाल धितोपत्र बोर्डले ‘क’ वर्गका वाणिज्य बैंकका सहायक कम्पनीसहित ४३ कम्पनीलाई धितोपत्र दलाल व्यवसायी(ब्रोकर) लाइसेन्सको लागि आशयपत्र (एलओआई) दिएको छ। बोर्डले वाणिज्य बैंकका सहायक कम्पनी र अन्य ३१ संस्थालाई एलओआई प्रदान गरेको हो। बोर्डले धितोपत्र व्यवसायी नियमावली, २०६४ नेपाल सरकार, मन्त्रिपरिषद्बाट पाँचौ संशोधन गरी नयाँ ब्रोकर लाइसेन्सको बाटो खुल्ला गरेको थियो। यसको लागि ४६ कम्पनीले आवेदन दिएका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्