स्टार्टअप कर्जाका लागि ३८२ आवेदन, मापदण्ड नपुगेका २१३ को आवेदन रद्द
काठमाडौं,४जेठ। सरकारले नवप्रवर्तन व्यवसायहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले सुरु गरिएको स्टार्टअप कर्जाका लागि उद्योग विभागमा ३८२ आवेदन परेका छन्।उद्योग विभागले गत चैत १६ गते सूचना प्रकाशित गरि २१ दिनसम्म कर्जा लिनका लागि इच्छुक स्टार्टअपहरुलाई प्रस्ताव पेस गर्न आह्वान गरिएको थियो।सो अवधिमा विभागमा ३८२ वटा प्रस्ताव पेस भएको थियो भने मापदण्ड पूरा नभएको भन्दै २१३ प्रस्ताव रद्द गरिएको विभागले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्