काँकडभिट्टा–लौकही सडक निर्माण गर्न एडीबीले नेपाललाई ३० करोड डलर ऋण दिने काठमाडौं,४ जेठ।एसियन डेभलपमेण्ट बैंक(एडीबी)ले नेपाललाई काँकडभिट्टा–लौकही सडक–खण्ड निर्माणका लागि ३० करोड अमेरिकी डलर ऋण प्रदान गर्ने भएको छ। यसका लागि कम्तिमा ९५ किलोमिटर दूरीको दुई लेन सडक–खण्ड स्तरोन्नती गरेर चार लेन बनाउने बताइएको छ। उक्त सडक–खण्ड जलवायु, प्रकोप निरोधक डिजाइनअनुसार उच्च तापक्रम सहज क्षमता र बाढी प्रतिरोधक सडक र पुल बनाइने पनि विज्ञप्तिमा उल्लेख छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्