सरकारको नीति तथा कार्यक्रम भोलि प्रस्तुत गरिने काठमाडौं, ४ जेठ। सरकारले आर्थिक वर्ष २०८०–८१को नीति तथा कार्यक्रम शुक्रबार प्रस्तुत गर्ने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले जेठ ५ गते अपराह्न ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्। बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले सो व्यहोराको पत्र पढेर सुनाउँदै सम्पूर्ण सदस्यहरूलाई निर्धारण गरिएका पोसाकमा उपस्थित भएर आसन ग्रहण गरिसक्न निर्देशन दिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्