थप २४ जनामा कोरोना संक्रमण पुष्टि, १५ जना भए निको
काठमाडौं, ४ जेठ। पछिल्लो २४ घण्टामा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार १हजार ८३९ नमुनामध्ये ७६१ जनाको पीसीआर परीक्षण गर्दा १४ जना र १हजार ७८ जनाको एन्टीजेन परीक्षण गर्दा १० जना गरी २४ जनामा कोरोना संक्रमण देखिएको हो।यस्तै कोरोनाको संक्रिय संक्रमितको संख्या ८८ पुगेको छ भने विहीबार मात्र कोरोनाबाट १५ जना निको भएका छन्।
प्रतिक्रिया दिनुहोस्