भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल प्रहरी नियन्त्रणमा
काठमाडौं, ४ जेठ। भुटानी शरणार्थीका नेता टेकनाथ रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको छ। नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउनेसम्बन्धी ठगी कार्यमा उनले समेत मिलेमतो गरेको लागेपछि प्रहरीले उनलाई आज सोधपुछका लागि बोलाइको थियो। सोही अनुसार जिल्ला प्रहरी परिसर काठमाडौंमा पुगेका रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको हो। यसअघि भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका मोरङका सागर राईले रिजाललाई समेत मुछेका थिए।
प्रतिक्रिया दिनुहोस्