आज सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरिँदै
काठमाडौं, ५ जेठ। सरकारको वार्षिक नीति तथा कार्यक्रम आज सार्वजनिक गरिने भएको छ। आज अपराह्न ४ बजे बस्ने संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएका हुन्। सरकारले हरेक वर्ष जेठ १५ गते वार्षिक बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ भने त्यसअघि राष्ट्राध्यक्षमार्फत नीति तथा कार्यक्रम सार्वजनिक गर्ने प्रावधान छ।
प्रतिक्रिया दिनुहोस्