सुदूरपश्चिममा सत्ता गठबन्धनबीच भागबण्डा मिल्यो, आजै सरकार विस्तारको तयारी
काठमाडौं, ५ जेठ। सुदूरपश्चिम प्रदेशमा सत्तारुढ गठबन्धनबीच भागबण्डा मिलेको छ। यससँगै मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रिपरिषद विस्तारको तयारी गरेका छन्। भागबण्डाअनुसार गठबन्धनमा आवद्ध दल नेकपा माओवादी केन्द्र २, नेपाली कांग्रेसले थप एक र नागरिक उन्मुक्ति पार्टीले एक मन्त्रालय पाउने गरी सहमति जुटेको हो। कांग्रेस, माओवादी र नागरिक उन्मुक्ति पार्टी तीन वटै दलले एक/एकजना राज्यमन्त्री पनि पाउनेगरी भागबण्डा टुंगिएको हो।
प्रतिक्रिया दिनुहोस्