चार पदाधिकारीसहित माओवादी केन्द्रको टोली भ्रमणका लागि चीन प्रस्थान काठमाडौं, ५ जेठ। नेकपा माओवादी केन्द्रका नेताहरू शुक्रबार १० दिने चीन भ्रमणको लागि गएका छन्। माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटा नेतृत्वको २० सदस्यीय टोली अनुभव आदानप्रदानका लागि चीनको छिन्दु प्रस्थान गरेका हुन्। उक्त भ्रमण दलमा पूर्वसभामुख सापकोटासहित पार्टी सचिवहरू हितमान शाक्य, गणेश शाह र डिलाराम आाचार्य छन्। साथै पार्टीका प्रदेश अध्यक्षहरूसहित केन्द्रीय नेताहरू पनि भ्रमणमा संलग्न छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्