राष्ट्रपति संसद जाँदा सडक अवरुद्ध नगरिने, सर्वसाधारणलाई सास्ती नहुने
काठमाडौं, ५ जेठ। राष्ट्रपति रामचन्द्र पौडेल संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा सम्बोधनका लागि जाँदा र फर्किँदा सर्वसाधारणको आवागमनमा रोक नलगाइने भएको छ। संघीय संसद भवनमा बस्ने दुवै सदनको बैठक सम्बोधन र नीति तथा कार्यक्रम वाचनका लागि शीतलनिवासबाट नयाँ बानेश्वर आउँदा र फर्किँदा सर्वसाधारणको सडक आवातजावतमा रोक नलगाइने भएको हो। यसअघि राष्ट्रपति निस्कँदा सडक नै खाली गराउने गरिएको थियो।
प्रतिक्रिया दिनुहोस्