निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रक्रिया अगाडि बढाउने घोषणा
काठमाडौं, ५जेठ।सरकारले बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रक्रिया अगाडि बढाउने घोषणा गरेको छ।आगामी आर्थिक वर्ष २०८०÷८१को नीति तथा कार्यक्रममार्फत सरकारले यस्तो बताएको हो। यो विमानस्थल निर्माणको प्रक्रिया अझै अन्यौलमा रहेका बेला सरकारले यस्तो घोषणा गरेको हो।राष्ट्रपति रामचन्द्र पौडेलले प्रादेशिक विमानस्थलको अध्ययन गरी निर्माण कार्य अगाडि बढाउने समेत बताए। हवाई सेवालाई सुरक्षित बनाउन सुरक्षा मापदण्ड कडाइका साथ लागू गरिने उनले बताए।
प्रतिक्रिया दिनुहोस्