मेरो भारत भ्रमण दुवै देशका लागि ऐतिहासिक बन्नेछ : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं, ६ जेठ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो आगामी भारत भ्रमण दुवै देशका लागि ऐतिहासिक हुने दाबी गरेका छन्। निश्चित मिति तय भइनसकेको भए पनि प्रधानमन्त्री यही जेठ १७ गते भारत भ्रमणमा जानेगरी परराष्ट्र मन्त्रालयले तयारी थालेको छ। शनिबार बिहान कान्तिपुर मिडिया ग्रुपद्वारा काठमाडौंमा आयोजित कान्तिपुर हाफ म्याराथनको उद्घाटन समारोहमा प्रचण्डले यसपटकको भारत भ्रमण विशेष हुने दाबी गरेका हुन्।
प्रतिक्रिया दिनुहोस्