नीति तथा कार्यक्रम फिर्ता लिएर पुनर्लेखन गर्न केपी ओलीको माग काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्माले प्रधानमन्त्री प्रचण्डलाई संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम फिर्ता लिएर पुनर्लेखन गर्न आग्रह गरेका छन्। नीति तथा कार्यक्रममाथि छलफलको क्रममा बोल्दै ओलीले प्रस्तावित नीति तथा कार्यक्रमले लोकतन्त्रप्रति सबैको विश्वास मजबुत बनाउने विस्तृत खाका नदिएको र सरकारप्रति विश्वास बढाउने कुनै कार्यक्रम दिन नसकेको बताए। ओलीले नीति तथा कार्यक्रममा लोकतन्त्रको आत्मा नरहेको टिप्पणी गरे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्