शरणार्थी प्रकरणमा दोषी उम्काउने र निर्दोष फसाउने खेल भइरहेको छ: केपी ओली काठमाडौं, ७ जेठ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा गठबन्धन सरकार निर्दोषलाई फसाउने योजना बनाएको दाबी गरेका छन्।सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे आइतबार बसेको संसद बैठकमा आफ्ना भनाइ राख्न क्रममा उनले भुटानी शरणार्थी प्रकरणमा आफ्नो सरकारको पालामा कुनै गडबडी नभएको दाबी गरे। ओलीलेले अपराधी नउम्किने गरी निष्पक्ष छानबिन गर्न सरकारलाई चुनौती दिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्