भ्रष्टाचार जुनसुकै कालको भए पनि छानबिन गर्न ओलीको माग
काठमाडौं, ७ जेठ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचार जुनसुकै कालको भएपनि छानबिन हुनुपर्ने बताएका छन्। प्रतिनिधि सभाको आइतबारको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले भ्रष्टाचारका विषयमा सयौं वर्षपछि पनि छानबिन हुनसक्ने बताए। उनले भ्रष्टाचार केही समयपछि सार्न सकिने वा पन्छाउन सकिने, तर लुकाउन नसकिने उनको दावी थियो।
प्रतिक्रिया दिनुहोस्