बागमतीमा ६ मन्त्रीले लिए सपथ
काठमाडौं। बागमती प्रदेश सरकारले पूर्णता पाएको छ। नवनियुक्त ६ मन्त्रीले आइतबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेसंगै सरकारले पूर्णता पाएको हो। रिक्त रहेका ५ मन्त्रालय र बिना विभागीय मन्त्री गरी कांग्रेस र एकीकृत समाजवादीबाट ६ मन्त्री नियुक्त भएका हुन्। मुख्यमन्त्री शालिकराम जम्कट्टेलले दोस्रो पटक विश्वासको मत पाएको करिब दुई महिनापछि बल्ल आज सरकारले पूर्णता पाएको हो।
प्रतिक्रिया दिनुहोस्