आज लुुम्बिनी प्रदेशमा मन्त्रीपरिषद् विस्तार हुँदै काठमाडौं, ८जेठ।सोमबार(आज) लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् विस्तार हुँदै छ। मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज नेपाली कांग्रेस,जसपा र जनमत पार्टीका एक÷एक जनालाई थपेर मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन्। लुम्बिनी प्रदेश सरकारमा हाल माओवादीका धनबहादुर मास्की अर्थमन्त्री तथा लोसपाका सन्तोषकुमार पाण्डेय र नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरी विनाविभागीय मन्त्री छन्। आज नयाँ मन्त्रीहरु पनि नियुक्त गर्ने र विनाविभागीय मन्त्रीहरुलाई पनि जिम्मेवारी दिइने छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्