नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज बुझाइने काठमाडौं,८ जेठ।सोमबार नक्कली भुटानी शरणार्थीमा मुछिएकाहरू माथिको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाईदै छ। जिल्ला प्रहरी परिसरले हालै पक्राउ परेकामाथि गरिएको अनुसन्धान प्रतिवेदन बुझाउन लागेको हो।नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै करोडौँ असुली गर्ने प्रयासमा कम्तीमा ३२ जना संलग्न रहेको निष्कर्षका साथ आज प्रतिवेदन बुझाइदै छ।हिजै बुझाउने भनिए पनि कागजातका अपुग भए पछि आज बुझाउन लागिएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्