तामाकोसी पाँचौँ जलविद्युत आयोजनाका लागि जुट्यो लगानी
काठमाडौं। दोलखाको बिगु गाउँपालिकामा निर्माण हुने ९९.८ मेगावाटको तामाकोसी पाँचौँ जलविद्युत आयोजनाको लगानी जुटेको छ। २१ अर्ब १४ करोड रुपैयाँ अनुमानित लागत रहेको आयोजनामा कर्मचारी सञ्चय कोषले १३ अर्ब ७४ करोड ऋण लगानी गर्ने भएको छ। आयोजनाको बाँकी रकम सर्बसाधारणलाईसमेत सेयर निष्कासन गरी जुटाइने छ। आयोजनामा ६५ प्रतिशत ऋणबाट र ३५ प्रतिशत इक्विटीबाट जुटाएर वित्तीय व्यवस्थापन गरिएको हो।
प्रतिक्रिया दिनुहोस्