मिलेमतोमा इन्टरनेटको शुल्क बढाउन खोजिँदैछ, रोकौंः प्रदीप पौडेल
काठमाडौं, ८ जेठ। नेपाली कांग्रेसका सांसद् प्रदीप पौडेलले इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले आपसी मिलेमतोमा महसुल बढाउन लागेको भन्दै तत्काल रोक्नुपर्ने बताएका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्ने क्रममा कांग्रेस नेता पौडेलले इन्टरनेटमा बढाउन खोजिएको अनुचित मूल्य भएको बताए। इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले इन्टरनेटको मूल्य अनुचित रुपमा बढाउन लागेको भन्दै त्यसप्रति सरकारको ध्यानाकर्षण गराए। इन्टरनेट सेवा प्रदायकले सेवाको गुणस्तर बढाउनुपर्ने पौडेलले बताए।
प्रतिक्रिया दिनुहोस्