'जनयुद्ध' शब्दलाई मान्यता दिए कांग्रेसको इतिहास सकिन्छः योगेश भट्टराई
काठमाडौं, ८ जेठ। नेकपा एमालेका सांसद योगेश भट्टराईले 'जनयुद्ध' शब्दलाई मान्यता दिए नेपाली कांग्रेसको इतिहास नामेट हुन सक्ने चेतावनी दिएका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नीति तथा कार्यक्रममा समावेश गरिएको 'जनयुद्ध' शब्द कांग्रेसले स्वीकार गरेको हो ? भन्दै प्रश्न गरे। उनले विद्वान फ्रान्सेस फुकुमायाको पुस्तकको चर्चा गर्दै साँच्चै कांग्रेसले जनयुद्ध दिवस मानेको भए ‘इन्ड अफ हिस्ट्री’ हुने चेतावनी दिए।
प्रतिक्रिया दिनुहोस्