आज नीति तथा कार्यक्रममा उठेका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिँदै
काठमाडौं, १२ जेठ। संसद्मा प्रस्तुत आर्थिक वर्ष २०८०र०८१ का लागि सरकारको वार्षिक नीति तथा कार्यक्रमबारेको छलफल शुक्रबार पनि जारी रहने भएको छ। सरकारको नीति तथा कार्यक्रममाथि संसदमा उठेका प्रश्नको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज जवाफ दिने भएका छन्। प्रधानमन्त्रीको जवाफपछि नीति कार्यक्रम निर्णयार्थ प्रस्तुत गर्ने र पारित गर्ने आजको सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्