रेशम चौधरीलाई आममाफी दिने प्रक्रिया रोक्न जनमोर्चाको माग काठमाडौं, १२ जेठ। राष्ट्रिय जनमोर्चाले नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई आममाफी दिन वर्तमान सरकारले अघि बढाएको प्रक्रियाको विरोध गरेको छ। चौधरीलाई आममाफी दिने कार्यले दण्डहीनता, अपराधको राजनीतिकरण र राजनीतिको अपराधीकरण बढ्ने जनमोर्चाको ठहर छ। टिकापुर काण्डमा दोषी ठहर भई सर्वस्वसहित जन्मकैदको सजायँ भोगिरहेका चौधरीलाई सरकारले गणतन्त्र दिवसको दिन आममाफी दिने प्रक्रिया अघि बढापछि जनमोर्चाले प्रक्रिया रोक्न माग गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्