पशुपतिको जलहरीले संसदमा तनाव, एमालेको नाराबाजीपछि बैठक स्थगित काठमाडौं, १२ जेठ। नेकपा एमालेले पशुपतिनाथको मन्दिरमा राखिएको जलहरीको विषयमा सत्ता पक्षका सांसदले लगाएको आरोपलाई लिएर बैठक अवरोध गरेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। वेल घेराउ गरेर एमाले सांसदहरु नाराबाजीमा उत्रिएपछि सभामुख देवराज घिमिरेले बैठक २० मिनेटका लागि स्थगित गरेका हुन्। माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले पशुपतिनाथमा सुन भनेर पित्तल लगाएर भ्रष्टाचार गरेको आरोप लगाएपछि एमाले सांसदले विरोध जनाएका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्