प्रतिनिधिसभा बैठक शनिबार ४ बजेसम्मका लागि स्थगित
काठमाडौँ, १२ जेठ। प्रतिनिधिसभा बैठक शनिबार ४ बजेसम्मका लागि स्थगित भएको छ। बैठक शनिबार ४ बजे बस्नेगरी स्थगित भएको संघीय संसद् सचिवालयले जनाएको छ। शुक्रबार मध्यान्ह १२ः४५ बजे २० मिनेटका लागि स्थगित भएको बैठकदिउँसो ३ बजेका लागि तय गरिएको थियो। त्यसपछि बेलुकी ६ बजे बस्ने भनिएको बैठक अन्तिम समयमा सूचना टाँसगरि स्थगित भएको हो।एमालेको निरन्तरको अवरोधपछि बैठक स्थगित भएको थियो।
प्रतिक्रिया दिनुहोस्