पशुपतिको जलहरीका विषयमा प्रधानमन्त्रीले आजै संसदमा सम्बोधन गर्ने काठमाडौं, १३ जेठ। प्रधानमन्त्री पुष्पकमल दाहल, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच भेटवार्ता सम्पन्न भएको छ। उक्त भेटवार्तामा आजै संसद बैठक सुचारु गरेर पशुपतिनाथको जलहरीका विषयमा प्रधानमन्त्रीले संसदमा सम्वोधन गर्ने सहमति भएको छ। बैठकमा प्रधानमन्त्रीले जलहरी लगाउने विषय पशुपति क्षेत्र विकास कोषसँग सम्बन्धित रहेकाले तत्कालीन प्रधानमन्त्री केपी ओली यसमा नजोडिने स्पष्ट पारेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्