पुनः भारत निर्यात हुन थाल्यो बिजुली काठमाडौं, १३ जेठ। नेपाल विद्युत प्राधिकरणले शनिबारबाट भारतमा विद्युत निर्यात सुरु गरेको छ। नदीमा पानीको बहाव बढेपछि उत्पादन वृद्धि भएकाले बिजुली भारत निर्यात गरिएको प्राधिकरण जनाएको छ। अहिले १ हजार ३०० मेडावाटको हाराहारीमा बिजुली उत्पादन भएरहेको छ। प्राधिकरणका अनुसार शनिबार १०० मेगावाट विद्युत् भारत निर्यात भएको छ। हिउँद लागेपछि प्राधिकरणले पुस ३ देखि भारतमा बिजुली निर्यात बन्द गरेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्