जलहरीबारे सत्तापक्ष र प्रतिपक्षबीच सहमति, संसद रेकर्डबाट हटाइने काठमाडौं, १३ जेठ। पशुपतिनाथमा सुनको जलहरी हाल्दा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचार गरेको आशंका गरी सत्तापक्षका सांसदले प्रतिनिधिसभाको बैठकमा बोलेको कुरा संसद्को रेकर्डबाट हटाउने भएको छ। आज सिंहदरबारमा भएको छलफलमा सत्तापक्ष र प्रतिपक्ष दलका नेताबीच उक्त सहमति भएको बैठकमा सहभागी एमालेका प्रमुख सचेतक पदम गिरीले जानकारी दिए। यस विषयमा संसद्‌मा प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने सहमति पनि भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्