भ्रष्ट्राचारविरुद्ध अभियान चलाउँदा सरकारलाई घेराबन्दीमा पारियोः सञ्चारमन्त्री शर्मा
काठमाडौं, १३ जेठ। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारलाई चौतर्फी घेराबन्दी भएको बताएकी छन्। प्रेस सेन्टर नेपालको १९ औँ केन्द्रीय सधारणसभा तथा २१औँ कृष्णसेन इच्छकु स्मृति दिवसको अवसरमा शंखरापुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भ्रष्टाचारविरुद्ध काम गर्दा सरकारलाई घेराबन्दीमा पारिएको बताएकी हुन्।विगतमा हालीमुहाली गरेकाहरुले घेराबन्दी गर्नु स्वाभाविक भएको भन्दै उनले सरकारले गरेका राम्रा कामको प्रचारप्रसार गर्नुपर्नेमा जोड दिइन्।
प्रतिक्रिया दिनुहोस्