वितृष्णा छर्ने प्रयास हुँदैछ, गणतन्त्रको विकल्प गणतन्त्र नै होः प्रधानमन्त्री प्रचण्ड
काठमाडौं, १५ जेठ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गणतन्त्रविरुद्ध वितृष्णा छर्ने प्रयासहरु कदापी सफल नहुने बताएका छन्। गणतन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले लोकतन्त्रको विकल्प अझ सुदृढ लोकतन्त्र र गणतन्त्रको विकल्प उन्नत गणतन्त्र भएको स्पष्ट पारेका हुन्।उनले लोकतन्त्रमा विभिन्न धारणा र विचार हुनु स्वभाविक रहेको पनि बताए।
प्रतिक्रिया दिनुहोस्