चौधरीको आममाफी संवैधानिक सर्वोच्चता र विधिको शासन विपरीत: नेपाल बार काठमाडौँ, १५ जेठ। नेपाल बार एसोसिएसनले टीकापुर घटनामा दोषी ठहर भई कैद भुक्तान गरिरहेका रेशम चौधरीलाई आममाफी दिनु संवैधानिक सर्वोच्चता र विधिको शासन विपरीत भएको प्रतिक्रिया दिएको छ। सरकारको सिफारिसमा आइतबार राष्ट्रपतिबाट आममाफी पाएका चौधरी सोमबार कारागारमुक्त भएका छन्। टीकापुर घटनासँग सम्बन्धित सर्वोच्चको फैसलाको पूर्णपाठ नआउँदै आममाफी दिइनु विधिको शासन एवं आममाफी सम्बन्धी अवधारणा विपरीत भएको बारले भनेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्