एर्दोआन तेस्रो कार्यकालका लागि टर्कीका राष्ट्रपतिमा निर्वाचित काठमाडौँ, १५ जेठ। टर्कीको निर्वाचन आयोगले राष्ट्रपति रेचेप तैयिप एर्दोआन तेस्रो कार्यकालका लागि निर्वाचित भएाका छन्। प्रतिद्वन्द्वी कमाल किरिचदारोग्लुलाई उनले पराजित गरेका हुन्। एर्दोआनले ५२.१४ प्रतिशत मत पाउँदा किलिचदारोग्लुले ४७.८६ प्रतिशत मत मात्रै पाए। एर्दोआनले आफ्ना प्रतिद्वन्द्वीलाई लगभग २२ लाख मतले पराजित गरेका हुन्। पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणको निर्वाचन गर्नुपरेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्